काठमाडौँ – स्वास्थ्य अवस्थामा समस्या देखिएपछि पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको अवस्था गम्भीर रहेको छ ।
शरीरमा अक्सिजनको मात्रा घटेपछि बिहीबार आईसीयूमा राखेर थप उपचार थालिएका जोशीको स्वास्वस्थ्यमा आज झनै गम्भीर समस्या देखिएको उनी उपचाररत किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।