असोज २७, २०७९ बिहिबार

नेपालमा डेंगु संक्रमितको संख्या ३७ हजार १३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ४५ जनाको संक्रमणबाट मृत्यु भएको छ । मंगलबार ३३ हजार ९७५ रहेको संक्रमितको संख्या २ दिनपछि ३७ हजार बढी पुगेको हो । मन्त्रालयले देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिएको छ ।