पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ५७५ जना सक्रिय संक्रमित छन्।
२९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।