असोज २५, २०७९ मंगलबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गरिने भएको छ ।

त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सिकहरूको भनाइ छ ।

चिकित्सकका अनुुसार राष्ट्रपति भण्डारीलाई ज्वरो र खोकी कम भएको छ ।

भण्डारीलाई गत असोज २२ गते अस्वस्थ्य भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।