असोज २२, २०७९ शनिबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छिन् ।

भण्डारीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भाइरल ज्वरोका कारण शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । अहिले उनको परीक्षण भइरहेको छ ।