असोज १५, २०७९ शनिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा कम पुगेको छ । देशभर ९ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १७ तथा एन्टीजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ९६ जना सङ्क्रमणमुक्त भएका छन् ।