कञ्चनपुरको एक होटेलमा सिल प्याक पानीको बोतलभित्र किरा भेटिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित महाकाली मिनिरल्स प्रा.लिले उत्पादन गरेको अक्वा जय नामको पानीको बोतलमा कीरा भेटिएको हो ।
“यस कम्पनीको सिल प्याक पानीको बोतलभित्र कीरा भेटिएको यो दोस्रो पटक हो ।” नाम नबताउने सर्तमा ती होटेल सञ्चालकले भने–“यस कम्पनीको पानीको बोतलमा यस्ता समस्या आइराख्छन् ।” महाकाली मिनिरल्स प्रा.लिका सञ्चालकसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।