बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले चितवन जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेसन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो ।
पुसयता हालसम्म ७ विद्यालयका ३ हजार ५ सय जनाको निःशुल्क मुटु परीक्षण गरिसकिएको अस्पतालका कार्यकारी प्रमुख डा. शङ्कर लौडारीले बताए । तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ ।