असोज ७, २०७९ शुक्रबार

महेश सिंह, सिरहा । सिरहास्थित प्रादेशिक अस्पताल लहानमा विभिन्न रोगका उपचारसँगै एक वर्षदेखि दाँतका विभिन्न रोगहरूको उपचार सुरु गरिँदै छ । 

दाँत रोग विशेषज्ञ डा.पंकज साह र राकेश साहले डेन्टल हाइजिङ्गस्टको सेवा लहान अस्पतालमा सुरु गरेका हुन् । सेवाअन्तर्गत दाँत सफा, दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, दाँतको एक्सरे गरिनुका साथै बच्चाहरूको दाँतको उपचारलगायत मुखको क्यान्सरसम्बन्धी सल्लाह सुझाव समेत दिने गरिएको डाक्टर पंकज साहले बताए। 

दैनिक रूपमा करिब एक दर्जनभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरिएको अस्पतालकी प्रशासन शाखाकी कर्मचारी बिमला थापाले बताइन् ।