नेपालमा पाइने चिराइतो वा किराततिक्त (Swertia chirata) कम तितो भइकन विश्वमै उत्कृष्ट मानिञ्छ। दम, खोकी, ज्वरो (पुरानोसमेत) नाश गर्ने, सङ्क्रमणविरुद्ध काम गर्ने, पेटका किरा नाश गर्ने, रगत सफा गर्ने, कलेजोको रोगमा लाभदायी, शरीरको दाह वा जलनमा अति उपयोगी, भोक र पाचनसमेत नियमित गर्ने यो अमूल्य सम्पदा हो।
डाँठ वा पुरै बिरुवा औषधिका रूपमा प्रयोग गर्न सकिञ्छ। सामान्य अवस्थामा एक चिम्टि धुलो वा सानो छेस्को १ माना पानीमा केही बेरसम्म पकाएर त्यो एक दिनका लागि पुग्छ। विशेष रोगमा अवस्था र बलअनुसारको मात्रामा योग्य चिकित्सकको परामर्शमा प्रयोग गर्नुपर्छ।
पानीमा पकाएर काढाका रूपमा, केवल पानीमा केही घण्टा भिजाएर वा सुकाएर बनाएको चूर्णका रूपमा पनि प्रयोग गर्न सकिञ्छ। श्रोतः सम्मोद आचार्य