काठमाडौं: अनशनरत डा. गोविन्द केसी स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारको लागि काठमाडौं ल्याइएको छ।
सेती प्रदेशिक अस्पतालमा अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको हो। डा केसीले विभन्न माग राखेर अनशन बसेको आज दशौँ दिन हो। आफ्नै खर्चमा धनगढीबाट हवाईजहाजबाट काठमाडौं आएका हुन्।
उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी छ। केसीले यसअघि आफ्ना माग पूरा नभई अन्त कतै नजाने अडान लिँदै आएका थिए। डाक्टरहरूको सुझावअनुसार उनी काठमाडौं आएका हुन्।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। फोक्सोमा संक्रमण, सुगर लेभल घटेको, रक्तचाप घटेको र आमाशयमा रक्तश्राव भएको जनाइएको छ।
समग्र स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको लागि सरकारले उनीसँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि उनी यसपटक २०औं पटक अनशनमा बसेका हुन्।