काठमाडौँ — डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा ४ः४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौँ आउने भएका छन् ।
काठमाडौँ आएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौं ल्याउन मंगलबार नै सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो । तर १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौँ जनाले ‘जबरजस्ती गरे अपहरण गरेको ठहर्ने’ बताउँदै आएका थिए ।