काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा डेंगबाट संक्रमित भएका छन् ।
एक्कासि शरीर दुख्ने, ज्वरो आउने लक्षण देखिएपछि उनले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए ।
परीक्षणपश्चात् उनमा डेंगु संक्रमण पुष्टि भएको थापाको सचिवालयले जानकारी दिएकाे छ ।