भदौ २७, २०७९ सोमबार

काठमाडौं २७ भदौ । आमरण अनशन बस्नका लागि डा. गोविन्द केसी धनगढी हिँडेका छन् ।

६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको दिएका डा. केसीले आजबाट अनशन बस्ने भएका हुन् । आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्न लागेका डा. केसीको यो २० औं शनसन हो ।

अनसनमा स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्नुपर्ने माग डा केसीले समावेश गरेका छन् । सरकारलाई डा केसीले दिएको अल्टिमेटमा आजैबाट सकिएको छ ।