भदौ २४, २०७९ शुक्रबार

काठमाडौं: पछिल्लो २४ घन्टामा देशभर १ सय ५२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार २९४ जनामा गरिएको परीक्षणमा १ सय ५२ जना संक्रमित भेटिएका हुन्। 

आज १ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने यही समयमा २ जना संक्रमितको मृत्युसमेत भएको छ। मन्त्रालयको विवरणअनुसार २ हजार ४४८ जना सक्रिय संक्रमित हाल देशभर रहेका छन्।

सक्रिय संक्रमितमध्ये २ जना भेन्टिलेटरमा, १८ जना आइसियूमा‚ ८९ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने २ हजार ३५९ जना होम आइसोलेशनमा रहेका छन्।