भदौ २४, २०७९ शुक्रबार

काठमाडौँ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा पहिरोको उच्च जोखिममा छ । लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्य चौकी भवन पहिरोको जोखिममा परेको हो । 


विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरो जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिरोको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।