भदौ २१, २०७९ मंगलबार

काठमाडौँ । हलगोरु पाल्ने किसानलाई म्याग्दे गाउँपालिकाले रु १० हजार अनुदान दिने भएको छ ।
  
किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजनासमेत बनाएको छ ।