भदौ २१, २०७९ मंगलबार

काभ्रे:  धुलिखेल नगरपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको छ। जिवीत फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीमा निशुल्क महिला, स्त्रीरोग तथा बाझोपन संग सम्बन्धित शिविर संचालन गरिएको हो।

शिविर बाट कुल ४ सय ४५ जना लाभान्वित भएको जिवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए। सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको छ।

संक्रमितको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ। साउन ४ गते बाट सुरु भई भाद्र ९ गते सम्म क्याम्प संचालन भएको हो। धुलिखेल नगरका उप-प्रमुख निराजन जंगमले क्याम्बाट नगरका महिलाहरू लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।