भदौ २०, २०७९ सोमबार

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ५ सय १९ पिसिआर परीक्षणका क्रममा १ सय २२ जना र २ हजार ५ सय ३९ एन्टीजेन परीक्षणका क्रममा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय ६ संक्रमित निको भएका छन् ।

 हाल नेपालमा २ हजार ४ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।