भदौ २०, २०७९ सोमबार

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार भन्टा लाम्चो प्रतिकेजीको  १२.४० रूपैयाँ रहेको छ । साथै स्कुस १७.५० रूपैयाँ रहेको छ ।


यस्तैगरी सबैभन्दा बढी महंगो कुरिलो केजीको ५५० रुपैयाँ रहेको छ । समितिका अनुसार अदुवा केजीको ९६.६७ रुपैयाँ अनार, ३३३.३३, अमला ११०.००, आलु रातो केजीको ६१ रुपैयाँ, भारतीय आलु ३७ रुपैयाँ रहेको छ । यस्तै, मुडेको आलु भने ५४.६७ रुपैयाँ  काउली स्थानीय ७५ रुपैयाँ रहेको छ भने लोकल काक्रो ७५ रुपैयाँ कागती २४५ रुपैयाँ रहेको जनाएको छ ।


खुर्सानी हरियो (अकबरे) १८३.३३ रुपैयाँ केजीको पर्दछ । गुन्दु्रक २७५ रुपैयाँ, गोलभेडा ठूलो (भारतीय)  ५७.५० रुपैयाँ केजीको रहेको छ । यस्तै, गोलभेडा सानो (टनेल) को ४५.२० रुपैयाँ रहेको छ । घिरौँला २५ रुपैयाँ प्रतिकेजी रहेको छ । चिचिण्डो २३ रुपैयाँ, चुकुन्दर ७६.६७ रुपैयाँ, च्याउँ १९० रुपैयाँ रहेको छ । यस्तै, च्याउँ (डल्ले) ३२५ रुपैयाँ रहेको छ ।