भदौ १५, २०७९ बुधबार

काठमाडौँ – पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको आँखाको शल्यक्रिया गरिएको छ।

९४ वर्षीया पूर्व मुमा बडामहारानी शाहको बुधबार दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतीबिन्दुको शल्यक्रिया गरिएको हो।

शाहको आँखाको सफलतापूर्वक शल्यक्रिया गरिएको सुदृष्टि आइ क्लिनिकका डाक्टर सुमन एस. थापाले जानकारी दिएका छन्।

डा. थापासहितको चिकित्सकको टोलीले शाहको आँखाको शल्यक्रिया गरेको हो।