भदौ १३, २०७९ सोमबार

काठमाडौं: पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार १५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१जनामा संक्रमण देखिएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार २३५पुगेको छ। पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन्।