भदौ ११, २०७९ शनिबार

देशभर थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

२ हजार ८३९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो। ६४३ जनाको पिसिआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण देखिएको हो। 

यसको संक्रमणबाट निको भएर ३९६ जना घर फर्किएका छन्। देशभर ३ हजार ६१२ जना सक्रिय संक्रमित छन्।