काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रस्तावित संगठन संरचना सार्वजनिक गरेको छ। मन्त्रालयले पालिकाहरुको वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याको आधारमा तीन तहमा बर्गिकरण गरी दरबन्दी प्रस्ताव गरेको छ।
५ हजार बढी जनसंख्या भएको वडामालाई क बर्गमा राख्दै १० जना, २ हजार देखि ५ हजारसम्म जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ख बर्गमा राख्दै ८ जना र २ हजार भन्दा कम जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ग वर्गमा राख्दै ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ।
आधारभूत स्वास्थ्य केन्द्रको नेतृत्व हेल्थ असिस्टेन्ट वा सीअहेवले गर्ने प्रस्ताव गरिएको छ। यस्तै हाल चौथो र पाँचौ तहमा कार्यर सिअहेवले आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सहायकको रुपमा काम गर्नेछन्।
मन्त्रालयले प्रस्ताव गरेको संरचनालाई संसोधन गर्नुपर्ने भएमा सुझाव दिन समेत सरोकारवालासँग अनुरोध गरेको छ। सुझाव मन्त्रालयको इमेल [email protected] मा १ हप्ताभित्र पठाउन सकिनेछ।
