साउन २९, २०७९ आइतबार

काठमाडौं: निजी अस्पतालहरुको छाता संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको २२औं साधारण सभाले डा पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

अध्यक्षका लागि डा खड्का र कुमार थापाबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्षामा निर्वाचित खड्का कास्की सेवा हस्पिटल पोखराका हुन्। 

साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केअर अस्पतालका हरि प्रसाद रिजाल चयन गरेको छ।

प्रदेश उपाध्यक्ष अन्तर्गत नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका (वाग्मती) प्रदेशबाट प्रा। श्यामकृष्ण जोशी, गुरुङ्ग हस्पिटल प्रालि ९कर्णाली० बाट भिम बहादुर गुरुङ्ग, पद्मा अस्पताल प्रा।लि। (सूदुरपश्चिम)बाट गजेन्द्र वीर चन्द, कौशिला मेमोरियाल अस्पताल (लुम्बिनी)बाट चन्द्र बहादुर महतो र तनहुँ सेवा हस्पिटल ९गण्डकी०बाट, हरि बहादुर खड्का विजयी भएका छन्।

महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित भए। उनी यसअघि पनि महासचिव थिए।

कोषाध्यक्षमा पनि पुनस् स्वरूपा श्रेष्ठ निर्विरोध चयन भएकी छिन। उनी नेपाल क्यान्सर अस्पतालमा कार्यरत छिन्। 

सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित भएका छन्।

सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र। पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन्।

यसअघि नर्भिक अस्पतालका बसन्त चौधरी अध्यक्ष थिए। उनी दुई कार्यकाल अध्यक्ष भए।