साउन २८, २०७९ शनिबार

 

 

काठमाडौं, २८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) सार्वजनिक गरेको अपडेटअनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ कोरोना संक्रमित थपिएका छन् ।

३१६५ मा गरिएको परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको हो । २ जनाले पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाएका छन् ।

अहिले देशभरि ५ हजार ४ सय ३४ सक्रिय संक्रमित छन् ।