साउन २३, २०७९ सोमबार

काठमाडौं:  चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फको पहिलो भर्ना सूची सम्बन्धित कलेजहरुलाई पठाइएको छ।

भर्नाको म्याद २६ गतेसम्म तोकेर  आयोगले आइतबार सःशुल्कतर्फको पहिलो भर्ना सूची सबै विश्वविद्यालय तथा प्रतिष्ठानलाई पठाएको हो।

पहिलो भर्ना सूचीपछि बाँकी रहेका सिटका लागि आयोगले दोस्रो भर्ना सूची प्रकाशन गर्नेछ।