साउन १७, २०७९ मंगलबार

काठमाडौं: नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल कोभिड-१९ बाट संक्रमित भएका छन्।

आज गरिएको परीक्षणबाट कोरोना पोजेटिभ देखिएपछि उनी धापासीस्थित निवासमै आराम गरिरहेका छन्। उनलाई निमोनियाको लक्षण पनि देखिएको जनाइएको छ।

स्वास्थ्य समस्याका कारण उनका प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ।