पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार ३६९९ जनाको कोरोना परीक्षण गरेको थियो।
जसमध्ये १७७९ जनाको पिसिआर र १८२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पिसिआरबाट २९२ र एन्टिजेनबाट १४६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै शनिबार २७७ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाले ज्यान समेत गुमाएका छन्।
हाल देशभर चार हजार ३६९ जना सक्रिय संक्रमित छन्।