साउन ११, २०७९ बुधबार

महेश सिंह । सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर २ विद्यानगरको स्वास्थचौकी खोरमा परिणत भएको छ । सरकारले स्वास्थचौकीमा बजेट नदिँदा स्थानीय जनता स्वास्थ सेवा लिनबाट बञ्चित भएका छन्।

स्वास्थचौकी इन्चार्ज रुद्रनारायण झा लामो समयदेखि कार्यालय मै बेडरुम बनाएर बस्दै आएका छन्। स्वास्थचौकीमा प्रयाप्त मात्रामा पालिकाले औषधि नपठाउँदा स्थानीय सेवा लिनबाट प्रभावित भएका छन्।

वडा नम्बर २ मा करिब ५५ सय भन्दा बढी जनताले स्वास्थ सेवाबाट बञ्चित भएर निजी स्वास्थ संस्थामा समान्य उपचार गराउन बाध्य भएका छन् । ७ जना स्वास्थ्यकर्मी रहेका स्वास्थ्य कार्यालय जिर्ण बन्दै गएकाे छ ।

स्वास्थ सेवा लिन दैनिक रूपमा २० देखि २५ जना सेवाग्राहीहरू आउने गरेका राम क्षत्री यादवले बताए । औषधिहरू प्रयाप्त मात्रामा उपलब्ध नहुँदा सेवाग्राहीहरूले दु:ख खेप्नु परेको हेल्थ असिस्टेन्ट ममता दासले बताइन् ।

स्वास्थ जस्तो संवेदनशील संस्थामा शौचालय र खानेपानीको राम्रो व्यवस्था नहुँदा सेवाग्राही र कार्यरत कर्मचारीले निकै पीडा खेप्नु परेको जनस्वास्थ निरीक्षक रामकुमार मण्डलले बताए।