काठमाडौं: गत २४ घन्टामा देशभर ४ सय ३५ जना कोभिड-१९ का संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक विवरण अनुसार १६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ र १९ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २५३७ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा १३६९ जना ललितपुरमा २०६ जना र भक्तपुरमा ५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरण अनुसार हाल देशभर जना १९ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ।