साउन ५, २०७९ बिहिबार

रामेछापको मन्थली नगरपालिकाले नगरपालिकाभित्र गाई भैंसी पालन गरी दुग्ध व्यवसाय गर्ने किसानलाई अनुदान उपलब्ध गराइएको छ ।

दूध उत्पादन गरी डेरीमा बिक्री गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान उपलब्ध गराउने नीति नगरपालिकाले लिएको छ । उक्त नीतिबमोजिम डेरीमा रहेको तथ्यांकका आधारमा किसानलाई १ लाख ७९ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको हो । नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा उपप्रमुख ईश्वरी बस्नेतले किसानलाई अनुदान वितरण गरेकी छन् ।
मन्थली नगरपालिकाले विगत ४ वर्षदेखि दूधमा अनुदान दिइरहेको छ । सुरुमा प्रतिलिटर १ रुपैयाँ अनुदान दिएको नगरपालिकाले गत वर्षदेखि अनुदान रकम दोब्बर वनाएको नगरपालिका पशुसेवा शाखाका प्रमुख मुकुन्द खड्काले बताएका छन् ।