साउन ४, २०७९ बुधबार

भारतबाट नेपाल आउने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफन्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ । 

धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउँदका अनुसार पछिल्लो समय भारतबाट आउनेमध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफन्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानिस नेपाल भित्रिने गरेकोमा उनीहरूमध्ये १० प्रतिशत सम्मका संक्रमण देखिन थालेको उनले बताए । 

पछिल्लो पाँच दिनयता भारतबाट आउनेमध्ये स्वास्थ्य परीक्षण गरिएका ८ देखि १० प्रतिशत नागरिकमा कोरोनाको संक्रमण देखिन थालेको छ, यो क्रम अझै बढ्ने देखिएको छ ।

भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि त्यसको असर नेपालमा देखिने गरेको बताइएको छ ।