साउन ३, २०७९ मंगलबार

काठमाडौं: सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको नमुना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २१ गतेको निर्णय अनुसार नमुना संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो।

मन्त्रालयले स्वीकृत भएको नमुना संगठन संरचना र दरबन्दी सबै स्थानीय तहलाई पठाउन संघीय मामिला तगा सामान्य प्रशासन मन्त्रालयमा असार २७ गते पठाएको थियो। सोही पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सोमबार नमुना संगठन संरचना र दरबन्दी पठाएको छ।

नमुना संरचना र दरबन्दी अनुसार ५ शय्याको अस्पतालमा ८ औं तहका मेडिकल अधिकृतको नेतृत्वमा १८ जना जनशक्ति रहनेछन्। १० शय्यामा २ जना मेडिकल अधिकृत सहित २२ जना र १५ शय्यामा ९ वा १० औं तहको नेतृत्वमा ३० जना जनशक्ति रहनेछन्।

हेरौं संगठन संरचना

स्थानीय तहको नामसहित पिडिएफमा हेरौं