काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दर बढ्दै गएको छ । शनिबार देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
११ सय ९९ पीसीआर र १८ सय ९१ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको हो। देशभर हाल १३ सय ८५ जना सक्रिय संक्रमित रहेका छन्।
संक्रमित मध्ये १३ सय ४४ जना होम आइसोलेसनमा छन् भने ४१ जना संस्थागत आइसोलेसनमा छन्।