असार ३१, २०७९ शुक्रबार

 अमेरिकाले बुधबारसम्म आफ्नो देशका ४३ वटा राज्यमा एक हजारभन्दा बढी बिरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार  क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ। त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको छ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा मंगलबारसम्म लगाइएको छ ।

 विशेषज्ञहरूको भनाइअनुसार सङ्क्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मङ्कीपक्सको खोपको अभाव देखिएको छ।