असार ३०, २०७९ बिहिबार

काठमाडौं: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको नेपाल चिकित्सक संघले स्वागत गरेको छ।  

प्रारम्भ देखि नै नेपालका चिकित्सकहरुको सुरक्षा र स्वास्थ्य संस्था तथा अस्पतालहरुमा शान्ती सुरक्षा कायम राख्नका लागि अनेकौं प्रयासहरु जारी राखिएको  भन्दै संघले त्यसैको फल स्वरूप ऐन आएको बताएको छ।  

संघका अध्यक्ष डा लोचन कार्कीले संघको निरन्तरको प्रयास र दबाबमूलक गतिविधिका कारण नेपालका चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा एउटा अतुलनिय उपलब्धी स्वरूप ऐन आएको बताए।  

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन एन २०७९  चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल वा स्वास्थ्य संस्थाहरूको पूर्ण सुरक्षाको लागि कोशेढुङगा सावित हुने महासचिव बद्री रिजालले बताए। 

अबका दिनमा नेपाल सरकार र सुरक्षा निकायहरुले सोही ऐन बमोजिम आवश्यक नियमावलीहरुको तर्जुमा गरेर नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कानून सम्वत तवरबाट संचालन गर्न संघले सरकारसँग माग गरेको छ।  

ऐन पास गर्न पहल  गर्ने चिकित्सक, विभिन्न व्यावसायिक संघ संस्थाहरु र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय एवं संघीय सांसदहरुलाई संघले धनयवाद दिएको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ९पहिलो संसोधन०ऐन २०७९ प्रतिनिधि सभाबाट बुधबार पारित भएको थियो।