भक्तपुरको बालकोटमा एक जनामा हैजा देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार बालकोटको एक बालकमा हैजा देखिएको हो ।
यो सँगै हैजा बिरामीको संख्या २८ पुगेको छ । काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या बढेपछि महाशाखाले खोप ल्याउने पहल थालेको छ ।
‘खोपको लागि डब्लूएचओलाई आग्रह गरेका छौँ । काठमाडौंंमा धेरैलाई खोप दिन कठिन छ,’ महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘डब्लूएचओबाट जवाफ आएको छैन ।’