असार २९, २०७९ बुधबार

मलेसियामा मंगलबार एकैदिन २ हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।  यसैसँगै  कोरोना शुरु भएयता हालसम्म कोभिड संक्रमितको सङ्ख्या  ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, दुई हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ । मंगलबार  कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भएको छ ।  कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 


मन्त्रालयका अनुसार गएको २४ घण्टामा  दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख  २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।