असार २९, २०७९ बुधबार

काठमाडौं: नेकपा एमालेलेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या  विभागमा २५ जना सदस्य थपिएका छन्। विभागमा २५ सदस्यहरु मनोनयन गरिएको हो। मनोनयन भएका सदस्यहरुमा डा केदार पराजुली मोरङ, हरि जिरेल दोलखा, कपिल पोखरेल कास्की, प्रमेश गिरी झापा र डा कृष्ण अधिकारी मोरङ रहेका छन्।

यस्तै महेन्द्र श्रेष्ठ प्युठान, रामबहादुर चन्द जाजरकोट, डा झलक गौतम पर्वत, डा खेम कार्की ईलाम र डा जागेश्वर गौतम काठमाडौँ, रत्नबहादुर थापा ओखलढुंगा, डा एस तिवारी सुर्खेत र प्रमिला देवान ईलाम छन्।

यस्तै डा अनिल भट्टराई पर्वत, पासाङ दोर्जी शेर्पा भोजपुर, डा गणेश गुरुङ ओखलढुंगा, तारा पोखरेल ललितपुर, अर्जुन श्रेष्ठ पर्वत, डा निलम चौधरी महोत्तरी डा कैलाश भण्डारी मोरङ, सुनिल श्रेष्ठ रुपन्देही र डा केपी अधिकारी सुनसरी रहेका छन्।

यसैगरी काशीनाथ रिमाल संखुवासभा, चन्द्र थापा प्यूठान र डा पुस्करराज भट्ट कञ्चनपुर पनि विभागको सदस्यमा मनोनित भएका छन्। विभागको प्रमुखमा सचिव योगेश भट्टराई रहेका छन् भने विभागको उपप्रमुख र सचिव चयन हुन बाँकी छ।