असार २३, २०७९ बिहिबार

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुवै जना हैजाका बिरामीको  उपचार भइरहेको छ । 

कागेश्वरी मनहरा नगरपालिकाका  ६ वर्षीय बालक र ५८ वर्षीय काठमाडौं–१३ का पुरुषमा हैजा पुष्टि भएको हो । यससँगै हैजा पुष्टि हुनेको संख्या २३ जनामा पुगेको छ । कागेश्वरी मनहराका बालकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ५८ वर्षीय पुरुषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।