काठमाडौं : पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा १ हजार ३ सय ८४ नमूनाको पीसीआर र २ हजार १ सय ३१
नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ६० जना र एन्टिजेन विधिबाट १८ जनामा संक्रमण देखिएको हो।
कोरोनाका कारण बिहीबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज थप २३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार ५ सय ९८ पुगेको छ।
हाल नेपालमा ५ सय ८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।