असार २१, २०७९ मंगलबार

काठमाडौं- कोशी अस्पतालमा कार्यरत चिकित्सकको नाम क्लिनिक अगाडी राखेर दुरूपयोग गरेको भन्दै कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्रचार गरिएको छ।

अनाधिकृत रूपमा निजी क्लिनिकहरुले अस्पतालमा कार्यरत चिकित्सकहरुको नाम राख्ने क्रम बढेपछि अस्पतालले सूचना जारी गरी कारबाही गर्ने चेतावनी पनि दिएको छ।

कोशी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारबाही गरिदिन प्रशासनसँग अस्पतालले माग गरेको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी कासीराज दाहालले पत्र आएको र यस बारेमा छलफल भइरहेको बताए।

हेर्नुहोस अस्पतालले प्रशासनलाई लेखेको पत्र: