असार २०, २०७९ सोमबार

नेपालमा कोरोनाका ४० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।


यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस्तै, सो अवधिमा १९ जना निकोसमेत भएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।