असार १९, २०७९ आइतबार

काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर ५३ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।  १ हजार १६२ जनामा गरिएको पीसीआर परीक्षणबाट ३९ र ९५८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १४ जना गरी जम्मा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप २० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ । ४७ हजार ४४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।