असार १७, २०७९ शुक्रबार

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर गरिएको १ हजार ४ सय ६७ नमूनाको पीसीआर परिक्षणबाट ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो । 

कोरोनाबाट शुक्रबार कसैको मृन्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १८ संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् । हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा  १ लाख ७८ हजार ७८६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।