असार १५, २०७९ बुधबार

काठमाडौँ । राष्ट्रिय धान दिवसको विशेष अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आधुनिक मेसिनबाट धान रोपाइँ गरेका छन् ।

अखिल नेपाल किसान संघले सूर्यविनायक नगरपालिकाको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन् । उनीसँगै पत्नी राधिका शाक्य पनि महोत्सवमा सहभागी थिइन् ।