काठमाडौं- नेपाल चिकित्सक संघको पहलमा पहिलो चरणमा नेपालका ४६ जना चिकित्सकले भारतको चण्डीगढमा तालिम लिन थालेका छन्। आइतबार चण्डीगढ पुगेका ४६ जनाको तालिम आजबाट सुरु भएको हो।
तालिमको औपचारिक सुरुवात नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गरेका छन्। संघको पहलमा नेपालका १५ सय चिकित्सकले भारतमा तालिम लिन पाउने छन्। पहिलो चरणमा ४६ जना तालिममा सहभागी भएका हुन्।
चिकित्सक संघका अध्यक्ष डा कार्कीको नेतृत्वमा आइतबार ४६ जना चिकित्सक एक हप्ते तालिमका लागि भारत पुगेका हुन्।उनीहरुलाई तालिमसँगै भारतमा जाने र नेपाल फर्कने, खाने बस्ने लगायतका सबै सुविधा भारत सरकारले नै गरेको छ।
संघका अध्यक्ष डा कार्कीका अनुसार भारतीय दुतावास मार्फत दुतावासको आइटीइसी भन्ने प्रोगाम अन्तर्गत चण्डीगढमा विभिन्न विषय र क्षेत्रमा तालिमका लागि सम्झौता भएको छ। यस अन्तर्गत नेपालका चिकित्सकले विभिन्न विषयमा एक हप्ते, दुई हप्ते, तीन हप्ते तथा एक महिनाको तालिम लिन सक्छन्। जसअन्तर्गत १५ सय डाक्टरलाई तालिम प्रदान गरिने छ।
भारत पुगेका नेपाली टोलीलाई चण्डीगढको पोस्टग्राजुयट इन्स्टिच्यूट अफ मेडिकल एजुकेसन एन्ड रिसर्चको डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन एन्ड स्कुल अफ पब्लिक हेल्थले इन्टरनेसनल पब्लिक हेल्थ म्यानेजमेन्ट डिभलप्मेन्टको तालिम दिन सुरु गरेको हो।
पहिलो चरणमा गएको चिकित्सकको टोली फर्केपछि क्रमश विभिन्न समयमा अरु समूह पनि तालिमका लागि भारतमा जानेछन्। संघले तालिम लिन जाने चिकित्सकको छनोटका लागि पारदर्शी छनोट समिति बनाएको छ।
यी हुन् पहिलो चरणमा तालिमका लागि भारत पुग्नेहरु
अनिषा जोशी, अमिर श्रेष्ठ, अनिल विक्रम कार्की, अनुपमा सुवाल, अतीत पौडेल, बद्री रिजाल, विना श्रेष्ठ, दिलिप कुमार दिवाकर, सूर्य प्रसाद रिमाल, विपेश आचार्य, विपिन कुमार श्रेष्ठ, विश्वराज दवाडी, दिपेन्द्र पाण्डे, गम्भीर श्रेष्ठ, हेमन्त विक्रम दाहाल, कृतिपाल सुवेदी, लिजन महर्जन, मिलन चन्द्र खनाल, पार्थ गुरागाईं, पवन कुमार हमाल, पुनम शर्मा, प्रकाश बुढाथोकी, राजेशकुमार यादव, राज्य खड्का, संयुक्त आचार्य, सञ्जीव तिवारी, शान्ता चौहान, शरद बराल, शिवराम श्रीमल, श्रवण कुमार मण्डल, स्मृति मास्के, सुजित भुसाल, जगत दिप, जुली राय, लोचन कार्की, राजकुमार दंगाल, राकेश शाह, रेखा पौडेल, रुपेश कुमार यादव, शैलेश शाह, इन्दु केसी, कुमार रोका, प्रमोद जोशी, युभिन यादव।
1655708340.jpg)
.jpg)
.jpg)
.jpg)

