असार ४, २०७९ शनिबार

काठमाडौं- नेपाल फार्मेसी परिषदले लिने डिप्लोमा तहको १९ औँ नाम दर्ता परीक्षा शनिबार सुरु हुँदैछ। दिउँसो एक बजेदेखि नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्‍याङ काठमाडौंमा परीक्षा सञ्चालन हुने परिषदले जनाएको छ। 

यसअघि गत शनिबार भएको ब्याचलर तहको १९ औँ नाम दर्ता परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भए। ७८७ परीक्षार्थीमध्ये २०४ जना मात्र उत्तीर्ण भएका थिए। 

परीक्षा सुरु हुनुभन्दा तीन घण्टा अघि परीक्षा केन्द्रमा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ। परिषदले चाररचार महिनाको अन्तरालमा वर्षको तीन पटक लाइसेन्स परीक्षा लिने गर्दछ। परिषदले लिने उक्त लाइसेन्स परीक्षामा उत्तीर्ण भएका व्यक्तिले मात्र औषधिको बिक्रि वितरण गर्न पाउँछन्। 

परिषदले गत पुस ३ गते लिएको १८ औँ नाम दर्ता परीक्षामा ब्याचलर इन फार्मेसीमा २० र डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए।