असार १, २०७९ बुधबार

काठमाडौं-  मौका परीक्षाको माग राखेर आन्दोलन गरिरहेका विद्यार्थीहरुको माग पुरा गर्न नसक्ने त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले जनाएको छ।

डिन कार्यालय अन्तरगत परीक्षा महाशाखाले परीक्षा संचालन समितिको जेठ ३१ गतेको  बैठकले मौका परीक्षाको व्यवस्था गर्न नमिल्ने निर्णय गरेको जनाएको छ।

ब्यारियर प्रणाली अनुसार दोश्रो वर्षको परीक्षामा परीक्षार्थीहरु ४ पटकसम्म उत्तीर्ण हुन नसकेको खण्डमा सो विद्यार्थीहरुलाई स्वत शैक्षिक कार्यक्रमबाट विद्यार्थीहरुको त्रिवि दर्ता रजिष्ट्रेशन हटाइने नियम रहेको समेत महाशाखाले जनाएको छ। 

'यस अध्ययन संस्थानले निर्धारण गरेको तथा त्रिवि प्राज्ञिक परीषदले अनुमोदन गरेको ब्यारियर प्रणाली अनुसार नियमानुसार एमबीबीएस र बिडिएस शैक्षिक कार्यक्रमका दोश्रो वर्षको परीक्षामा परीक्षार्थीहरुले ४ पटकको उपस्थितिमा उत्तीर्ण हुन नसकेको खण्डमा सो विद्यार्थीहरुलाई स्वत शैक्षिक कार्यक्रमबाट विद्यार्थीहरुको त्रिवि दर्ता रजिष्ट्रेशन हटाइने नियम रहेको छ,' मशाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'तसर्थ मिति २०७९ जेठ ३१ गते बसेको परीक्षा संचालन समितिको बैठकले सोही निर्णयानुसार मौका परीक्षाको व्यवस्था गर्न नमिल्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराईन्छ।'

मौका परीक्षाको माग गर्दै विद्यार्थीहरु ६ दिनदेखि आन्दोलनमा छन्। उनीहरुले मौका परीक्षाको व्यवस्था नभए अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने माग राखेका छन्। 
यस्ता छन् विद्यार्थीका माग हरु:

No description available.

No description available.